च्यासलका प्रदिप र कमललाई कोरोना पुष्टि – Nepal Press

च्यासलका प्रदिप र कमललाई कोरोना पुष्टि

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गरिरहेको च्यासल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

च्यासलका सहायक प्रशिक्षक आशिक थापा मगरले गोलकिपर प्रदिप भण्डारी र डिफेन्डर कमल श्रेष्ठलाई कोराना पुष्टि भएको बिहिबार नवौं चरणका खेलअघिको पत्रकार सम्मेलनमा बताएका छन् ।

यसअघि च्यासल युथ क्लबले आठौं चरणको खेल पोखरामा खेलेको थियो । जहाँ, च्यासलले मनाङ मर्स्याङदी क्लबसँग ५–० को पराजय भोगेको थियो ।

पोखराबाट काठमाडौं फर्किए लगत्तै प्ररीक्षण गर्दा दुई खेलाडीमा संक्रमण पुष्टि भएको हो । दुवै खेलाडी टोलीका नियमित सदस्य हुन् ।

यस्तै, जावलाखेलका प्रशिक्षक किशोर केसीले आफ्ना ९ खेलाडी रुघाखोकीले ग्रसित भएर प्रशिक्षणमा नआएको बताए ।

गोलकिपरसहित चौध खेलाडी मात्र प्रशिक्षणमा उपस्थित रहेको उनले जानकारी गराए ।

‘विहानी अभ्यासमा गोलकिपर सहित चौध जनालाई मात्र अभ्यास गराएँ, ९ खेलाडीमा रुघाखोकीको समास्या छ । मौसमका कारण मलाई पनि समस्या छ । अर्को खेलसम्म खेलाडी फकन्छन् ।’

लिगमा नवौं चरणका खेलहरु शुक्रबारबाट सुरु हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर