एमाले कालिकोटमा नेतृत्व चयनका लागि निर्वाचनको तयारी, अध्यक्षमा दुईजना भिड्दै – Nepal Press

एमाले कालिकोटमा नेतृत्व चयनका लागि निर्वाचनको तयारी, अध्यक्षमा दुईजना भिड्दै

सुर्खेत । नेकपा एमाले कालिकोट जिल्ला नेतृत्वमा दुईजनाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

शुक्रबार उद्घाटन भएको अधिवेशन अन्तरगत सहमति जुटाउने प्रयास असफल भएपछि निर्वाचन हुने भएको हो । पाँच जना आकांक्षी भएपनि अहिले दुईजना प्रत्यासी देखिएका छन् ।

उपाध्यक्ष पदका लागि पाँच जना, सचिवका लागि दुर्इ जना र उपसचिवका लागि ६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत तुलाराम विष्टले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार निर्वाचन आयोगमा मनोनयन दर्ता गर्ने अध्यक्षका उम्मेदवारहरुमा जसी प्रसाद पाण्डे र रमेश कुमार शाही रहेका छन् ।

उपाध्यक्षमा अलिबहादुर शाही, दयाराम सिम्खाडा, बेलकोशा शाही, लक्ष्मी चौलागाई र शक्क बहादुर बमले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै सचिवका लागि पार्वती सिंह र टेकबहादुर बुढाले मनोनयन दर्ता गरेका छन् भने उपसचिव पदका लागि यशोदा बराल, जनक बहादुर शाही, पवित्र कुमार शाही, पूर्ण प्रसाद उपाध्याय, व्यासी तिरुवा ‘विकास’ र मनराज शाहीले मनोनयन दर्ता गरेका छन् ।

आयोगले भोलि बिहान सात बजेबाट मतदान प्रक्रिया सुरु हुने भएको छ ।

१४ जना खुल्ला सदस्यका लागि ४५ जनाको उम्मेदवारी परेको छ । यद्यपी जिल्लाका ६ ओटा पालिकाले भने जिल्ला कमिटि सदस्य सर्वसम्मत गराई सकेका छन् ।

जिल्लाको रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, पचालझरना गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाले सर्वसम्मत टुंगो लगाएका हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर