दाङमा नक्कलि असई बनेर ठगी गर्ने एक जना पक्राउ – Nepal Press

दाङमा नक्कलि असई बनेर ठगी गर्ने एक जना पक्राउ

घोराही । दाङमा नक्कलि असई बनेर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

दाङको घोराही १५ मालपोत कार्यालय नजिकैबाट जिल्ला प्रहरी कार्यालय दाङले घोराहीका स्थानीय रामबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

उनले नक्कलि असई बनेर धम्की दिँदै त्यहाँकै एक पसलबाट १४ हजार बराबरको कम्बल ठगी गरेको आरोप लागेको छ ।

पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए ।

बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर