‘स्पाइडरम्यान’ आठौं स्थानमा, यी हुन् धेरै कमाउने संसारका दश फिल्म – Nepal Press

‘स्पाइडरम्यान’ आठौं स्थानमा, यी हुन् धेरै कमाउने संसारका दश फिल्म

लस-एन्जल्स । सोनी पिक्चर्सको ‘स्पाइडरम्यान : नो वे होम’ले अहिले पनि विश्व बक्सअफिसमा उधुम मच्चाइरहेको छ । टम हल्यान्ड स्टारर यो फिल्मले अहिलेसम्म विश्वभर १.५३ बिलियन अमेरिकी डलर कमाएको छ ।

उक्त कमाइसँगै ‘स्पाइडरम्यान’ अहिलेसम्म सर्वाधिक कमाउने फिल्मको आठौं स्थानमा सूचीकृत भएको छ । पछिल्लो सप्ताहन्तमा मात्र फिल्मले अन्तर्राष्ट्रिय बजारमा ६४ मिलियन डलर कमायो ।

स्पाइडरम्यानले एभेन्जर्स : एन्डगेम (१.५१८ बिलियन डलर), फ्युरियस ७ (१.५१५ बिलियन डलर), फ्रोजन २ (१.४५ बिलियन डलर), एभेन्जर्स : एज अफ अल्ट्रन (१.४ बिलियन)लाई समेत उछिनेको भेराइटी म्यागजिनले जनाएको छ ।

जुरासिक वल्र्ड (१.६७ बिलियन डलर) र द लायन किङ (१.६६ बिलियन) डलरसहित छैटौं र सातौं स्थानमा छन् । विश्व बक्सअफिसलाई नियालिरहेका ट्रेड विश्लेषकका अनुसार स्पाइडरम्यानले अझै आफ्नो दबदबा कायम राख्न सके जुरासिक वल्र्ड र लायन किङलाई पनि उछिन्न सक्छ ।

उत्तर अमेरिकी बक्सअफिसमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणले जनजीवनलाई प्रभावित तुल्याएको बेलामा पनि स्पाइडरम्यानले राम्रो प्रदर्शन गरिरहेको छ ।

विश्व बजारमा अहिलेसम्म सर्वाधिक कमाउने फिल्मको सूचीमा अवतार पहिलो स्थानमा छ । एभेन्जर्स एन्डगेम दोस्रो स्थानमा छ । टाइटानिक, स्टार वार्स सातौं र एभेन्जर्स इन्फिनिटी वार क्रमशः तेस्रो, चौंथो र पाँचौमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *