एमाले सुर्खेत अध्यक्षमा अमृत बिसी निर्वाचित – Nepal Press

एमाले सुर्खेत अध्यक्षमा अमृत बिसी निर्वाचित

सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा सस्थापन पक्षाका उम्मेद्वार अमृत विसी निर्वाचित भएका छन् । अघिल्लो कार्यसमितिका उपाध्यक्ष बीसी ३६८ मतसहित अध्यक्ष चुनिएका हुन् ।

बिसीका प्रत्यासी डण्डिप्रसाद शर्माले २६७ मतमात्र पाए । यस्तै उपाध्यक्षमा पनि विसी प्यानलकै कुलमणि देवकोटाले ३९४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी ऋषि गिरीले २२६ मत पाए ।

यस्तै सचिवमा कविन्द्रकुमार केसीले ३९० मत ल्याएर विजयी भएका छन् । दुइ उप–सचिवमा घनश्याम पाण्डेले ३९१ र बलबहादुर नेपालीले ३६९ मत ल्याएर विजयी भए । अन्य प्रतिस्पर्धी टीकाराम सुवेदी २०९ र नेत्रलाल महताराले २०८ मत ल्याएर पराजित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर