जाजरकोट एमाले : निवर्तमान अध्यक्षलाई ७ भोटले हराउँदै खिमबहादुर विजयी – Nepal Press

जाजरकोट एमाले : निवर्तमान अध्यक्षलाई ७ भोटले हराउँदै खिमबहादुर विजयी

सुर्खेत । नेकपा एमाले जाजरकोटको अध्यक्षमा खिमबहादुर शाही विजयी भएका छन् । निवर्तमान अध्यक्ष करविर शाहीलाई सात भोटले पराजित गर्दै उनी विजयी भएका हुन् ।र

कुल प्रतिनिधि ४३३ जना रहेको जजारकोटमा खिमबहादुरले २१७ मत ल्याउँदा करविरले २१० मत ल्याए ।

उपाध्यक्षमा गोपाल बहादुर बडाला विजयी बनेका छन् । उनका प्रतिद्वन्दी नवराज सिंहले १७७ मत ल्याए ।

सचिवमा प्रेस चौतारी नेपालका उपाध्यक्ष वीरबहादुर गिरी विजयी २२५ मत ल्याएर विजयी भएका छन् । अर्का प्रतिपस्पर्धी नरबहादुर खत्रीले १८६ मत ल्याए ।

उपसचिवमा गोपाल नेपालीले २५८ र नरबहादुर बस्नेत २४७ मत ल्याएर विजयी भए । रामबहादुर शाहीले १५४ र जयराम न्यौपानेले १०४ मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर