अधिवेशनमा अनुपस्थित भीम आचार्य- गृहजिल्लाको एमाले प्रतिवेदनमै आयो यस्तो आलोचना – Nepal Press

अधिवेशनमा अनुपस्थित भीम आचार्य- गृहजिल्लाको एमाले प्रतिवेदनमै आयो यस्तो आलोचना

इटहरी । माधव नेपालले एमाले विभाजन गर्ने संकेत पाएपछि भीम आचार्यले आफ्नो साथ नहुने प्रष्ट बताइसकेपछि नेपालनिकट नेताहरूले भीम आचार्य बालुवाटार (तत्कालीन प्रधानमन्त्री ओली) सँग बिकेको टिप्पणी गरेका थिए ।

हालका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले त खुलेआम नै आचार्यले ओलीसँग आत्मसमर्पण गरिसकेको बताए । नभन्दै केही समयपछि ओलीको प्रस्तावमा शेरधन राईले मुख्यमन्त्रीबाट राजिनामा दिएर भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाइयो ।

१० बुँदे सहमति गराउने कार्यदलमा नभए पनि कार्यदल बैठकमा उपस्थित भएर सक्रिय सहभागिता देखाएका आचार्य अहिले एमालेको राजनीतिमा किनारा लागेका छन् । आफ्नै गृहजिल्ला सुनसरीको अधिवेशन उद्घाटन समारोहमा समेत नदेखिएका आचार्य पछिल्लो समय सेनाबिनाको सेनापति जस्ता भएका छन् ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशनमै भिम आचार्यलाई कोभिड-१९ ले समात्यो । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको पदाधिकारीको सूचीमा नपरेका उनले सचिवमा उमेद्वारी दिए । सात सचिवको लागि भएको चुनावमा उनी आठौँ भए । ७८८ मत ल्याएर उनी सचिव हुन पाएनन् । उनको मत चीनका लागी पूर्वनेपाली राजदूत टंक कार्कीको ५५९ मतभन्दा भने धेरै आयो ।

आचार्य गृहजिल्लाकै पार्टी अधिवेशनमा नआएपछि विभिन्न कोणबाट टिकाटिप्पणी सुरू भएको छ । कतिपयले उनका सुनसरीका खम्बा मानिले धर्म निरौलादेखि केशव विष्टलगायतले नेकपा एस प्रवेश गरेसँगै आचार्य कमजोर भएपछि नआएको बताउँदै आएका छन ।

सचिवमा हारे पनि आचार्यले सदस्यमा भने चुनाव जिते । अहिले उनी नेकपा (एमाले)को स्थायि समिति सदस्य छन् । दशौं महाधिवेशनदेखि नै सार्वजनिक कार्यक्रमा आचार्य उतिसारो देखिएका छैनन् । उनका निकट सहयोगीहरूका अनुहार उनी कोभिड-१९ बाट राम्रोसँग तंग्रिन पाएका छैनन् । पार्टीका सार्वजनिक कार्यक्रममा उनी सहभागी भएका छैनन् ।

उनी नेकपा (एमाले) को कार्यक्रममा यतिसम्म गयल भएका छन् कि आफ्नै गृहजिल्ला सुनसरीमा शुक्रबारबाट जारी सातौँ अधिवेशनमा सहभागी भएनन् । कतिपयले आचार्य असन्तुष्ट भएर नआएको भन्दै आएका छन् । आचार्यका निकट सहयोगीले नाम नलेख्ने शर्तमा स्वास्थ्यकै कारण नआएको बताए ।

आचार्य गृहजिल्लाकै पार्टी अधिवेशनमा नआएपछि विभिन्न कोणबाट टिकाटिप्पणी सुरू भएको छ । कतिपयले उनका सुनसरीका खम्बा मानिले धर्म निरौलादेखि केशव विष्टलगायतले नेकपा एस प्रवेश गरेसँगै आचार्य कमजोर भएपछि नआएको बताउँदै आएका छन ।

विष्ट प्रारम्भबाटै माधव नेपालसँगै थिए । निरौला भने दशौं महाधिवेशनमा केन्द्रिय सदस्य नपाएपछि नेकपा एसमा प्रवेश गरेका हुन । उनलाई प्रवेश गराउन माधब नेपाल इटहरीमै आएका थिए ।

यसैबीच आचार्य गयल भएको नेकपा (एमाले) सुनसरीको बन्द सत्रमा पेस गरिएको अध्यक्षको प्रतिवेदनमा समेत आचार्यको घुमाउरो आलोचना गरिएको छ । धरानमा भएको स्थानीय तहको उपनिर्वाचनमा एमालेको हारमा आचार्यलगायतको टोलीको दोष देखाइएको छ ।

शनिबार बन्दसत्रमा पेस गरिएको प्रतिवेदनको पृष्ठ ५ मा धरानमा भएको उपनिर्वाचनमा १६ हजारको मत फरक भएपनि २८०० मतको अन्तरबाट हार हुनुमा आचार्यको दोष देखाउन खोजिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘त्यो समयमा पार्टीका तत्कालिन प्रदेश कमिटी इन्चार्ज क.भीम आचार्य, जिल्ला इन्चार्ज क. धर्मराज निरौला, जिल्ला संयोजक क. रमेश बस्नेत समेतले निर्वाचनमा प्रत्यक्ष नेतृत्व प्रदान गरिरहनु भएको थियो । तर, पनि हार किन ? गम्भीर प्रश्न हाम्रो सामु उपस्थित छ ।’

प्रतिवेदनमा भनिएको छ, ‘त्यो समयमा पार्टीका तत्कालिन प्रदेश कमिटी इन्चार्ज क.भीम आचार्य, जिल्ला इन्चार्ज क. धर्मराज निरौला, जिल्ला संयोजक क. रमेश बस्नेत समेतले निर्वाचनमा प्रत्यक्ष नेतृत्व प्रदान गरिरहनु भएको थियो । तर, पनि हार किन ? गम्भीर प्रश्न हाम्रो सामु उपस्थित छ ।’

सुनसरीका हेभिवेट नेता भएर पनि सुनसरी पार्टी अध्यक्ष खेम पोखरेलको प्रतिवेदनमा आलोचना गरिएका आचार्यका पक्षमा खुलेका उमेद्वार अहिले अध्यक्षको दाबेदारीमा छैनन् । खेम पोखरेल तथा रेवतीरमण भण्डारी नेकपा विभाजन देखि नै केपी ओली पक्षमा थिए ।

नेकपा विभाजनताका कतै सक्रिय नभएका अर्का अध्यक्षका दाबेदार द्वारिकलाल चौधरीले पछिल्लो समयमा नेकपा (एमाले) मै सक्रियता बढाए । तर, पछिल्ला केही हप्तामा भने चौधरीले नेकपा एसका अध्यक्ष माधव नेपाल ल्याएर इटहरीमा विभिन्न कार्यक्रम गर्ने देखि घरमा भोज गरेकाले एमाले सुनसरीका संस्थापन पक्षका नेता-कार्यकर्ताले चौधरीले सुनसरी जिल्ला अध्यक्ष नपाएको बहानामा नेकपा एस जाने तयारी गरेको अनुमान गर्दै आएका छन् ।

जहाँसम्म भीम आचार्यको कुरा छ, कुनै बेला सुनसरीमा भीम आचार्यको बोली नै एमालेको निर्णय हुन्थ्यो । धर्म निरौला, रेवती भण्डारी, रमेश बस्नेत, द्वारिकलाल चौधरी, जयकुमार राई, प्रकाश राई, प्रदीप भण्डारीजस्ता नेताहरू आचार्यका हस्ती थिए ।

समयक्रममा धेरै नेताले उनको साथ छाडे भने कतिपयले पार्टी नै छाडे । अहिले सुनसरीको एमाले राजनीतिमा भीम आचार्य निरीह बन्दै गएको घटनाक्रमहरुले देखाइरहेका छन् । यसमा उनको आफ्नै कमजोरी कति रह्यो ? सायद यो समय उनका लागि आत्मसमीक्षाका लागि उपयुक्त बनेको छ ।

हेर्नुस्- अधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेनको अंश:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर