एमाले सुनसरी नेतृत्वका लागि मतदान सुरू, तीन नेता अध्यक्षको दौडमा – Nepal Press

एमाले सुनसरी नेतृत्वका लागि मतदान सुरू, तीन नेता अध्यक्षको दौडमा

इटहरी । नेकपा एमाले सुनसरीको नेतृत्वका लागि मतदान सुरू भएको छ । सर्वसम्मत प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो । मतदान साढे १२ बजेदेखि भइरहेको छ ।

मतदानमा २ हजार १५० प्रतिनिधि सहभागी हुँदैछन् । मतदानको लागि ११ बुथ राखिएको छ । मतपत्र पदाधिकारी, क्लस्टर सदस्य, भूगोल सदस्य र खुल्ला सदस्य गरेर चार प्रकारका छन् ।

सुनसरी अध्यक्षका लागि तीनजना प्रत्याशी छन् । वर्तमान अध्यक्ष खेम पोखरेल र दुई पुर्वअध्यक्षहरू रेवतीमरण भण्डारी र द्वारिकलाल चौधरी चुनावी मैदानमा छन् । चौधरीले भण्डारीलाई रोक्न उम्मेदवारी दिएका थिए । पोखरेलको पक्षमा सहमति जुटेमा फिर्ता लिने भनेका उनले सर्वसम्मत नभएपछि उम्मेदवारी कायम राखेका छन् ।

१३५ सदस्य कमिटीमा यस अगाडि सचिवमा पर्शुराम यादवसहित १६ जना सदस्य भने सर्वसम्मत भएका थिए । आजको चुनाव बाँकी पदको लागि हुँदेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर