कालिकोट एमाले नेतृत्वमा सहमतिको सम्भावना टर्दै, पाँचजना मैदानमा
सुर्खेत । नेकपा एमाले कालिकोटको जिल्ला नेतृत्व निर्वाचनबाट तय हुने भएको छ । नेतृत्वका आकांक्षी धेरै भएपछि निर्वाचन हुन लागेको हो ।
नेतृत्व चयन गर्न आज नै मतदान हुने एमाले कालिकोटले जनाएको छ ।
अध्यक्ष पदका लागि पाँच जना उम्मेदवार रहेका छन् । अहिलेसम्म पनि सहमति जुटाउने प्रयास जारी रहेको बताइएको छ । यद्यपि सहमति जुट्ने सम्भावना काम रहेको छ ।
अध्यक्षमा रमेश शाही, दयाराम सिम्खडा, जसि प्रसाद पाण्डे, तुलाराज महत र धिरबहादुर बमले दावी गर्दै आएका छन् ।
यस्तै उपाध्यक्षमा विकास तिरुवाको छ । सहमति जुट्न नसके अन्य आकांक्षी पनि थप हुनसक्ने बुझिएको छ ।
सचिवका लागि पार्वती सिंह र टेक बहादुर बुढाको दावी रहेको छ ।
दुई जना उपसचिव लागि पवित्र कुमार शाही, जनक शाही, सुमन बम, प्रेम बहादुर बुढा र मनराज शाहीले दाबी गरेका छन् ।