सेयर बजार दोहोरो अंकले बढ्यो, ७ अर्बभन्दा धेरैको कारोबार – Nepal Press

सेयर बजार दोहोरो अंकले बढ्यो, ७ अर्बभन्दा धेरैको कारोबार

काठमाडौं । साताको दोस्रो दिन आज नेप्से १९.४३ अंकले वृद्धि भएको छ । ०.७० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७८४.९५ अंकमा पुगेको छ ।

२ सय ३६ वटा कम्पनीको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता सेयर खरिदबिक्रीमा आज ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रूपैयाँ कारोबार भयो ।

आज भोटेकोशीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । सबैभन्दा धेरै गोर्खाज फाइनान्सको कारोबार भएको छ । गोर्खाज फाइनान्सको २२ करोड ७७ लाख ४० हजार ९ सय १७.६० रूपैयाँको सेयर कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *