बालिका हत्यामा आरोपित माता प्रहरी हिरासतमा, पाँच दिन म्याद थप – Nepal Press

बालिका हत्यामा आरोपित माता प्रहरी हिरासतमा, पाँच दिन म्याद थप

काठमाडौं । कथित माताको शिविरमा राखिएकी बालिकाको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको हत्या आरोपमा पक्राउ गरिएकी माता र अन्य दुई जना अहिले प्रहरी हिरासतमा रहेका छन् ।

घटनाबारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै निक्र्यौल गर्न सकिने महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले नेपाल प्रेसलाई बताए ।

‘त्रिशुल रोपेर हत्या गरिएको भन्ने आफन्तबाट आएको छ । यसबारे हामीले अहिले नै भन्न मिल्दैन । माताकोमा उपचार गर्न भनेर राखिएको बच्चाको मृत्यू भएको चाहिँ सत्य हो,’ उनले भने ।

बालिकाको आज पोष्टमार्टम गरिएको भए पनि रिपोर्ट प्रहरीले प्राप्त गरिनसकेको उनले बताए । माता भनिने काठमाडौंको रानीवन निवासी उमा शाही ठकुरीलाई शनिबार बेलुका नै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको डीएसपी केसीले बताए ।

यो पनि पढ्नुहोस्ः उपचारका नाममा माताको टहरोभित्र बालिकाको हत्या

परिवारले शव लिन अस्वीकार गर्नुपर्ने कारण नभएको डिएसपी केसीको भनाइ छ ।

उनले भने, ‘पोस्टमार्टम गरेपछि शव नलिने भन्ने कुरै भएन । केका लागि नलिने भन्ने हो । घटनासँग सम्बन्धित मान्छे नियन्त्रणमा छँदैछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *