उपचारका नाममा माताको टहरोभित्र बालिकाको हत्या – Nepal Press
राजधानीमै अन्धविश्वासकाे पराकाष्टा

उपचारका नाममा माताको टहरोभित्र बालिकाको हत्या

सिन्धुपाल्चोक । तान्त्रिक विधिबाट उपचार गर्ने बहानामा राजधानीमै एक बालिकाको हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक कथित मातासहित तीनजनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भइ हाल मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा बस्दै आएकी राधिका श्रेष्ठकी १४ वर्षीया छोरी रोशनीको हत्या भएको हो । लामो समयदेखि हातखुट्टा नचल्ने, शरीर काम्ने लगायतका शारीरिक र मानसिक समस्या भएपछि बालिकालाई माताकहाँ पुर्‍याइएको थियो ।

काठमाडौ रानीवनमा रहेकी माता उमा शाही ठकुरीको टहरोमा उनलाई उपचारका लागि राखिएको आफन्तले बताएका छन् । तान्त्रिक उपचारका क्रममा माताले आफुलाई दैवी शक्ति, प्राप्त भएको भन्दै आफैसँग रहेको त्रिशुलले बालिकाको शरिरका विभिन्न भागमा अन्धाधुन्ध प्रहार गरेको पाइएको छ ।

त्रिशुलले बालिकाको तिघ्रा, खुट्टा लगायत शरीरका विभिन्न भागमा प्वाल नै परेको आफन्तहरुले जानकारी दिएका छन् । उपचारको नाममा माता बस्दै आएको टहरोभित्र लगेर निर्ममतापूर्वक कुटपिट भएको छिमेकीहरु बताउँछन् ।

२०७२ को भुकम्पपछि बालिकामा हातखुट्टा नचल्ने, काम्ने, छोप्ने लगायतका समास्या देखिन थालेको थियो । आफन्तको सल्लाहमा माताकोमा लगिएको बालिकाका सानोबुबा दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए । माता बस्दै आएको स्थान टाढा भएकाले माताको सल्लाहमा नै त्यहीँ राखिएको श्रेष्ठले जानकारी दिए ।


यो पनि पढ्नुस्- बालिका हत्यामा आरोपित माता प्रहरी हिरासतमा, पाँच दिन म्याद थप


झारफुकबाट उपचारका लागि बालिकालाई तीन सातादेखि माताको टहरोमा राखिएको थियो । लामो समयदेखि शारीरिक समस्या भएपछि आफन्तहरुको सल्लाहमा माताकोमा लगिएको श्रेष्ठले बताए । माताले बालिकाको शारिरमा ‘लागु’ रहेको र आफुले तान्त्रिक विधीबाट उपचार गरेर ठिक पार्ने आश्वासन दिएकी थिइन् । तर, झारफुकको नाममा बालिकालाई दैनिक कुटपिट गर्ने गरेको छिमेकीहरुले जानकारी दिएका छन् ।

केही दिनदेखि आफूसँग भएकी बालिका बेहोस बनेको खबर माताले नै परिवारलाई गराएकी थिइन् । त्यसपछि शनिबार बिहान बालिकाको आमासहित केही आफन्त माताको टहरोमा पुगेका थिए ।

‘त्यहाँ पुग्दा माताले तिम्रो छोरी बोल्दै बोल्दिन भन्दै काखामा राखेकी थिइन्,’ श्रेष्ठले भने, ‘त्यहाँबाट हामीले उपचारको लागि मनमोहन अस्पताल लग्यौं । तर, तिन घण्टाअघि नै उनको मृत्यु भएको अस्पतालका चिकित्सकले बताए ।’

मृतक बालिकाको बुबा रोजगारीको शिलसिलामा केही वर्षदेखि विदेशमा छन् । बालिकाको मृत्युपछि आफन्तहरुले महानगरीय प्रहरी प्रभाग स्वयम्भुमा जानकारी गराएपछि प्रहरीले माता र उनकोमा बस्दै आएका दुई पुरुषलाई नियन्त्रणमा लिएको छ ।

बालिकाको शव पोष्टमार्ट गरिए पनि आफन्तहरुले शव बुझेका छैनन् । प्रहरीले माता र घटनामा संलग्नहरुलाई कानुन अनुसार कारवाही गर्ने सुनिश्चत नहुँदासम्म शव जिम्मा नलिने आफन्तको अडान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर