भोजपुर एमाले अध्यक्षमा शरण राई, मक्करलाई उपाध्यक्ष दिएर सर्वसम्मत गरियो – Nepal Press

भोजपुर एमाले अध्यक्षमा शरण राई, मक्करलाई उपाध्यक्ष दिएर सर्वसम्मत गरियो

भोजपुर । नेकपा एमाले भोजपुरमा सर्वसम्मत पदाधिकारी चयन गरिएको छ । अध्यक्षका लागि निर्वाचनको संभावना प्रबल रहेकोमा नेताहरूको पटक-पटकको कसरतबाट सहमतिमा नेतृत्व छानिएको हो ।

अध्यक्षमा शरणकुमार राई सर्वसम्मत भएका छन् । माधव नेपालले पार्टी विभाजन गरेकोमा असन्तुष्टि जनाउँदै राई एमालेमै बसेका थिए । उनी एमालेमा रहँदा स्थानीय तहका केही जनप्रतिनिधि र गाउँपालिका प्रमुखसहित ठूलो हिस्सा नेकपा एसमा जानबाट रोक्किएको थियो । २०७५ जेठ २ को संरचनाअनुसार जिल्ला कमिटी सचिव रहेका राई एमाले विवादको क्रममा माधव नेपालले बनाएको समानान्तर कमिटीका अध्यक्ष थिए ।

१० बुँदे कार्यान्वयनको क्रममा एमालेमै रहेका उनलाई गत असोज ५ गते जिम्मेवारी हेरफेर गर्दै उपाध्यक्ष बनाइएको थियो । मक्कर खड्कालाई सचिवको जिम्मेवारी दिइएको थियो ।

अर्का दाबेदार मक्कर खड्कालाई उपाध्यक्षमा सहमति गराइएको छ । सर्वसम्मत भएका अन्य पदाधिकारीमध्ये सचिवमा किरण राई, सहसचिवमा ध्यानबहादुर राउत र धर्म किराती छन् ।

को हुन् अध्यक्ष राई ?

शरणकुमार राईले अनेरास्ववियुबाट राजनीति सुरू गरेका हुन् । अन्नपूर्ण मावि प्राकबाट अखिल यात्रा सुरू गरेका उनी २०५४-५७ सम्म अनेरास्ववियुको भोजपुर अध्यक्ष भए ।

त्यसपछि २०६१ सालसम्म अखिलकै केन्द्रीय कमिटी सदस्य बनेका राई २०६८ देखि ७० सम्म जिल्ला कमिटी उपसचिव बने ।

२०७० को अधिवेशनबाट उनी सचिव भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर