ला लिगामा बार्सिलोना बराबरीमा रोकियो, रियललाई आठ अंकको अग्रता – Nepal Press

ला लिगामा बार्सिलोना बराबरीमा रोकियो, रियललाई आठ अंकको अग्रता

एजेन्सी । स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोना ग्रानडासँग बराबरीमा रोकिँदा रियल मड्रिडले भ्यालेन्सियाविरुद्ध सहज जित निकालेको छ ।

१० खेलाडीमा सीमित भ्रमणकारी टोली बार्सिलोना अन्तिम मिनेट संहालिन नसक्दा ग्रानडासँग १–१ को बराबरीमा रोकिन पुग्यो । ड्यानी आल्भेसले २०१६ यता ला लिगामा पुनः डेब्यू गरेको खेलमा बार्सिलोनाले अग्रता जोगाउन सकेन ।

खेलको ५७औं मिनेटमा लुक डी जोङले अल्भेसकै पास सदुपयोग गर्दै गोल गरेका थिए । ७९ मिनेटमा गाभीले दोहोरो पहेँलो कार्ड बेहोर्दा बार्सिलोना १० खेलाडीमा समेटिएको हो ।

खेल सकिन १ मिनेटअघि एन्टोनियो पुएर्टासले गोल गर्दै घरेलु टोली ग्रानडालाई हारबाट बचाए । बार्सिलोना २० खेलबाट ३२ अंकसहित छैठौं स्थानमा छ । ग्रानडा समान खेलबाट २४ अंक सहित १२ औं स्थानमा छ ।

राति नै भएको अर्को खेलमा शीर्षस्थानको रियल मड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई ४–१ गोल अन्तरले हरायो । रियलका लागि करिम बेन्जेमा र भिनिसियस जुनियरले २–२ गोल गरे । भ्यालेन्सयाका गोनकालो गुडेसले सान्त्वना गोल फर्काए ।

खेलको ४३औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बेन्जेमाले टोलीलाई अग्रता दिलाए । ५२ औं मिनेटमा भिनिसियसले २–० अवस्थामा पु¥याए । ६१ औं मिनेटमा भिनिसिउसले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । गोनकालोले ७६ औं मिनेटमा गोल गर्दै अग्रतालाई ३–१ मा झारे । तर बेन्जेमाले ८८ औं मिनेटमा गोल गरेपछि रियलले सिजनको १५औं जित पायो ।

जितपछि २१ खेलबाट ४९ अंक जोडेको रियलले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको सेभिल्लाले एक खेल कम खेल्दै ४१ अंक जोडेको छ । पराजित भ्यालेन्सिया भने २० खेलबाट २८ अंक जोडेर नवौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर