मोटरसाइकलको ट्यांकीमा ३८ लाख भेटियो, एकजना पक्राउ – Nepal Press

मोटरसाइकलको ट्यांकीमा ३८ लाख भेटियो, एकजना पक्राउ

जनकपुरधाम । धनुषाको सीमावर्ती क्षेत्र नगराइनबाट सशस्त्र प्रहरीले एक यूवकलाई झण्डै साढे ३८ लाख रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका १ का २३ वर्षीय अमित कुमार यादव छन् ।

प्रदेश २—०२ ००१ प. ०४७७ नम्बरको मोटरसाइकलको ट्याँकीबाट ३८ लाख ३५ हजार रुपैयाँसहित चालक यादवलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नगराइनका इन्सपेक्टर सन्जय बरालले जानकारी दिए ।

भारतबाट जटही नाका हुँदै उनी नेपालतर्फ आइररहेका बेला शंका लागेर सशस्त्र प्रहरीको टोलीले चेकजाँच गरेको थियो । ‘मोटरसाइकलको ट्यांकीमा बिर्कोको सट्टा नटबोल्ट लागेको थियो । शंका लागेर खोल्दा रुपैयाँले भरिएको थियो’, सशस्त्रका इन्सपेक्टर बरालले सुनाए ।

उनका अनुसार १ सयको नोट २७ लाख, ५ सयको नोट ११ लाख, १ सयको नोट ३० हजार र ५० को नोट ५ हजार गरी कुल ३८ लाख ३५ हजार रुपैयाँ मोटरसाइकलको ट्यांकीमा रहेको थियो । उनीमाथि आवश्यक थप अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका यादवले कहाँबाट उक्त रकम ल्याएको कुरा बताउन चाहेका छैन । स्रोतका अनुसार उनी हुण्डी कारोबारी रहेका छन् । पछिल्लो समय प्रदेश २ का जिल्लाहरुको सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा रकम बरामद भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *