जिल्ला अधिवेशनको लागि एमालेको मापदण्ड- पदाधिकारी र सदस्य बन्न यस्तो चाहिन्छ योग्यता – Nepal Press

जिल्ला अधिवेशनको लागि एमालेको मापदण्ड- पदाधिकारी र सदस्य बन्न यस्तो चाहिन्छ योग्यता

काठमाडौं । नेकपा एमालेले शुक्रबार देशभर एकैसाथ हुन लागेका जिल्ला अधिवेशनमा जसले पनि उम्मेदवारी घोषणा गर्न थालेपछि पदाधिकारी र जिल्ला कमिटी सदस्य बन्नका लागि आवश्यक योग्यता तोकेर पठाएको छ ।

पार्टीको विधान र नियमावलीअनुसार जिल्ला कमिटीसम्बन्धी मापदण्ड पठाइएको हो । संगठन विभाग प्रमुख खगराज अधिकारीले हस्ताक्षर गरेर सबै जिल्लामा एकैपटक पठाइएको मापदण्डले कतिपय उम्मेदवार घोषणा गरिसकेकाहरूलाई रोक्ने देखिएको छ ।

भर्खर पार्टीमा लागेकाहरू समेत पदाधिकारीका दाबेदार बनेर पैसाको बलमा चुनाव जित्ने अवस्था बनेपछि मापदण्डमा कडाइ गरिएको हो ।

एमालेको जिल्ला कमिटी अध्यक्षसहित पदाधिकारी हुनका लागि कम्तीमा दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालय सदस्य भएको हुनुपर्नेछ ।

त्यस्तै जिल्ला कमिटी सदस्य बन्न जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ । यसले गर्दा उम्मेदवारको चापमा केही समाधान हुने अपेक्षा एमाले नेताहरूको छ ।

संगठन विभागबाट गरिएको प्रस्ताव सचिवालयले पास गरी तलसम्म पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर