अस्ट्रेलियाद्वारा टेनिस स्टार जोकोभिचको भिसा रद्द – Nepal Press

अस्ट्रेलियाद्वारा टेनिस स्टार जोकोभिचको भिसा रद्द

काठमाडौं । टेनिस स्टार नोभाक जोकोभिचको मेलबर्न पुगेपछि अस्ट्रेलिया प्रवेश गर्ने भिसा नाटकीयरूपमा खारेज गरिएको छ ।

विश्व नम्बर एक जोकोभिचलाई एयरपोर्टमा धेरै घण्टासम्म राखिएको थियो । पछि सिमासेनाहरूले उनले प्रवेश नियमहरू पूरा नगरेको भन्दै देश निकाला गरिने घोषणा गरे ।

अस्ट्रेलियन ओपनका लागि मेलबर्न पुगेका जोकोभिचको भिसा रद्द भएसँगै त्यहाँका प्रधानमन्त्री स्कट मोरिस्सनले कोहीपनि देशको नियमभन्दा माथि नरहेको प्रतिक्रिया दिए ।

‘जोकोभिचको भिसा रद्द गरिएको छ । नियम भनेको नियम हो, विशेष गरी जब हाम्रो सिमानाको कुरा आउँछ । यी नियमहरुभन्दा माथि कोही छैन,‘मोरिस्सनले ट्विटमा भने ।’

जनवरी १७ देखि सुरू हुने अस्ट्रेलियन ओपनमा २१औं ग्रान्डस्लाम जित्ने किर्तिमानी बनाउने लक्ष्यसहित जोकोभिच मेलबर्न पुगेका हुन ।

अस्ट्रेलियन ओपनसुरुहुन ११ दिनमात्रै बाँकी रहँदा आफूले कोभिड १९ विरुद्धको खोप लगाए नलगाएको खुलाउन अस्वीकार गरेका जोकोभिचसामु खोप लगाएको रेकर्ड देखाउनुपर्ने चुनौती बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *