पाँचथरमा आगलागीबाट तीन घर जले – Nepal Press

पाँचथरमा आगलागीबाट तीन घर जले

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा अहिले बुधबार साँझ आगलागीबाट तीन घर जलेका छन् ।

बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगो फैलँदा रामजीत राई र मनबहादुर राईका पनि घर जलेका हुन् । आगलागीमा तीन वटा घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसलमा क्षति भएको स्थानीय खगेन्द्र राईले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई वटा दमकल परिचालन गरिएको थियो । विद्युत सर्ट भई आगलागी भएको स्थानीयको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *