अदालतको आदेशसँगै स्काउट अभियान आक्रामक, ककनीमा सुदूरपश्चिम स्काउट मास्टरको भेला – Nepal Press

अदालतको आदेशसँगै स्काउट अभियान आक्रामक, ककनीमा सुदूरपश्चिम स्काउट मास्टरको भेला

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट लोकवहादुर भण्डारी नेतृत्वको राष्ट्रिय तदर्थ समिति पुनर्वहाली भएपछि नेपाल स्काउटका गतिविधि आक्रामक रुपमा अघि बढेका छन् ।

देशका ७५३ स्थानीय तहसम्म स्काउटका कार्यक्रम सन्चालन गर्ने लक्ष्यसहित अघि बढेको भण्डारी नेतृत्वको समितिलाई शिक्षा मन्त्री महेश्वर गहतराजले हटाएर नयाँ कार्यसमिति गठन गरेका थिए । तर अदालतले नयाँ कार्य समिति गठनलाई मान्यता नदिएपछि स्काउट अभियान तीब्र भएको हो ।

नेपाल स्काउटको आयोजनामा पुस १५ देखि अन्तर्राष्ट्रिय स्काउट केन्द्र ककनीमा शुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय विटिसी पिटिसी पाँच दिने तालिममा १८१ जना सहभागी भएका छन् ।

समापन समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकवहादुर भण्डारीले समाजका विकृति र विसंगतिविरुद्धको बिम्बको रुपमा नेपाल स्काउट उभिनुपर्ने बताए ।

उनले सुदूरपश्चिम प्रदेशका सबै विद्यालयहरुमा स्काउट शिक्षा पुर्याउन तालिम प्राप्त स्काउट मास्टरहरुलाई निर्देशन दिए ।

समापन समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेश संयोजक नरेन्द्र थापाले स्काउटबाट सिकेका ज्ञान, सीप, कला र कौशलको भरपुर सदुपयोग गर्दै सुदूरपश्चिमलाई एउटा अब्बल प्रदेशका रुपमा चिनाउने जिम्मेवारी आएको छ बताए ।

यसअघि कर्णालीका स्काउट मास्टर्सको तालिमपछि राष्ट्रपतिसँग भेट गराइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *