तोकिएकोभन्दा बढी शुल्क लिएको भन्दै केएमसीका विद्यार्थी आन्दोलित – Nepal Press

तोकिएकोभन्दा बढी शुल्क लिएको भन्दै केएमसीका विद्यार्थी आन्दोलित

काठमाडौं । चर्को शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजमा अध्ययनरत एमबिबिएस र बिडिएसका विद्यार्थीहरु आन्दोलित भएका छन् । तोकिएकोभन्दा बढी शुल्क नलिन र थप लागेको शुल्क मिनाहाको माग गर्दै विद्यार्थीहरुले बुधबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म विरोध र्याली निकालेका हुन् ।

अखिल क्रान्तिकारीका विद्यार्थीले चर्को मूल्यको विरोधमा अनसन र धर्ना कार्यक्रमसमेत सुरु गरेको बताएका छन् । आन्दोलनमा एमबिबिएस २४ ब्याच र बिडिएस ९ ब्याचका विद्यार्थीहरुको सहभागिता छ ।

यता काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले पुस २८ गते आयोजित १२ औं साधारणसभाबाट सेयरधनीलाई २.९६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *