सानिमा बैंकको नयाँ शाखा धादिङको मलेखुमा – Nepal Press

सानिमा बैंकको नयाँ शाखा धादिङको मलेखुमा

काठमाडौं । सानिमा बैंकले धादिङको मलेखुमा शाखा कार्यालय राखेको छ ।

नयाँ शाखाको उद्घाटन बैंकका संचालक बलराम पराजुली र ब्राण्ड प्रवर्द्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रूपमा गरे ।

कार्यक्रममा मह जोडीले धादिङ्गको मलेखुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिएका छन् ।

संचालक पराजुलीले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि आभार जनाए ।

सानिमा बैंकले देशभर ११९ कार्यालय र ९७ वटा एटीएमबाट सेवा दिइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर