सेयर बजार उच्च अंकले वृद्धि, ४ अर्बको कारोबार – Nepal Press

सेयर बजार उच्च अंकले वृद्धि, ४ अर्बको कारोबार

काठमाडौैं । आज सेयर बजार ६३.०१ अंकले बढेको छ । नेप्से परिसूचक २.४१ प्रतिशतले वृद्धि हुँदा कारोबार बिन्दु २६७९.९५ मा पुगेको हो ।

४ अर्ब ३२ करोड २ लाख कारोबार हुँदा आज ९१ लाख १० हजार ७५८ कित्ता सेयर किनबेच भएको छ । २ सय ३४ वटा कम्पनीको आज सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको कारोबार भयो । सो बैंकको १४ करोड ७७ लाखको कारोबार भएको हो । नेपाल बंगलादेश बैंक र नविल बैंकसँग मर्ज हुने हल्ला चलेपछि नेपाल बंगलादेश बैंकको सेयर कारोबार सबैभन्दा धेरै भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर