दिल्लीमा शनिबार र आइतबार कर्फ्यु घोषणा : मुम्बइमा पूर्ण लकडाउनको तयारी – Nepal Press

दिल्लीमा शनिबार र आइतबार कर्फ्यु घोषणा : मुम्बइमा पूर्ण लकडाउनको तयारी

दिल्ली । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणमा व्यापक वृद्धि भएपछि भारतको राजधानी नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फयु लागू हुने भएको छ । आज बसेको दिल्ली विपत संकट व्यवस्थापन केन्द्रको बैठकले शनिबार र आइतबार कर्र्फ्यू लागू गर्ने निर्णय गरेको हो ।

साथै, डीडीएमएले कोरोनालाई लिएर नयाँ मापदण्ड पनि जारी गरेको छ ।

यसैबीच, मुम्बइमा दैनिक संक्रमणदर २० हजारभन्दा उकालो लागेमा लकडाउन घोषणा गरिने मुम्बइकी मेयर किशोरी पेड्नेकरले बताएकी छिन् । उनले लकडाउनसहितका नयाँ गाइडलाइनको तयारी भैरहकेो जनाएकी छिन् । पछिल्लो २४ घण्टामा भारतभर ३७ हजार ३७९ संक्रमित थपिएका छन् । थप १२४ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर