कर्णालीमा सत्तारुढ गठबन्धनले टुंग्याए राष्ट्रियसभाका उम्मेदवार – Nepal Press

कर्णालीमा सत्तारुढ गठबन्धनले टुंग्याए राष्ट्रियसभाका उम्मेदवार

सुर्खेत । माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले उम्मेदवार टुंग्याएका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतका संविधानसभा सदस्य नरबहादुर विष्ट, नेपाली कांग्रेसबाट सुर्खेतकै सहिद पत्नी दुर्गा गुरुङ र नेकपा एकीकृत समाजवादीबाट सल्यानका उदय बोहोरा उम्मेदवार बनेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए ।

तीन दलीय गठबनधन भएपछि तीनै जनाको जीत निश्चितजस्तै छ । किनभने प्रदेश नम्बर १ बाहेक बाँकी सबै प्रदेशमा सत्ता गठबन्धनको मतभार बलियो छ । कर्णालीका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेले हिजै उम्मेदवार तय गरिसकेको छ ।

याे पनि पढ्नुस्
राष्ट्रियसभाका लागि कर्णालीबाट एमालेका ३ उम्मेदवार तय, यस्तो छ मतभार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर