यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट शंकास्पद १६ जना बिचौलिया पक्राउ – Nepal Press

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट शंकास्पद १६ जना बिचौलिया पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट शंकास्पद १६ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । सेवाग्राहीलाई लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिन खोजी छिटो छरितो काम गरिदिने भनी आश्‍वासन दिई जवरजस्ति सेवाग्राहीलाई तानी अनावश्यक दुःख हैरानी दिई सार्वजनिक स्थानमा अशान्ति मच्चाई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरकाठमाडौंले जनाएको हो ।

आइतबार दिउसो १२ बजेको समयमा काठमाडौ.को चन्द्रागिरी नगरपालिकाको वडा नम्बर पाँच गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा, बाग्मती अगाडिको सार्वजनिक सडक खण्डबाट यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई दुःख दिइरहेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार १६ जना ब्यक्तिलाई पक्राउ गरी मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी बृत्त थानकोटले अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा काठमाडोंकै चन्द्रागिरी नगरपालिका ६ का २३ वर्षका सुबिन लामा, सोही नगरपालिका पाँच का २४ वर्षका शौरव श्रेष्ठ, २७ वर्षका राजेश खड्गी, वडा नम्बर ८ का २१ वर्षका रविन कार्की, २५ वर्षका अजय महर्जन, २६ वर्षका हरिकृष्ण पहरी रहेका छन् ।

पक्राउ पर्नेमा धनकुटाको धरान नगरपालिका १३ का २७ वर्षका राकु तामाङ, अछाम साफेंबगर नगरपालिका पाँचका २१ वर्षका एकेन्द्र बुढा, ओखलढुङ्गाको चिशङ्खुगढि नगरपालिका चारका ३८ वर्षका बिरेन्द्र कटुवाल, तनहु हासिकुवा गाउँपालिका सातका २३ वर्षका शुसान्तराज भण्डारी, मकवानपुरको थाहा नगरपालिका पाँचका १९ वर्षका विशाल लामा रहेका छन् ।

रोल्पाको कुरेली गाउँपालिका ३ का २३ वर्षका जिवन मगर, झापाको बिर्तामोड नगरपालिका ६ का २८ वर्षका विशाल मेचे, ओखलढुङ्गा चम्पादेवि गाउँपाकिका चारका २१ वर्षका बिवेक न्यौपाने, ललितपुरको गोदावरी नगरपालिका २४ का ३४ वर्षका रुद्र बहादुर महत, सिन्धुपाल्चोकको ठुलोधादिङका २१ वर्षका छिरिङ तामाङ रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *