राष्ट्रियसभा निर्वाचन : एमालेका दुई उम्मेदवार परिवर्तन – Nepal Press

राष्ट्रियसभा निर्वाचन : एमालेका दुई उम्मेदवार परिवर्तन

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि केही उम्मेदवार परिवर्तन गरेको छ । एमालेले १९ जनाको नाम टुंगो लगाएर सार्वजनिक गरेकोमा अन्तिम समयमा आएर दुईजना उम्मेदवार परिवर्तन गरेको हो ।

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार प्रदेश नम्बर एक खुला र गण्डकी प्रदेशको दलिततर्फ उम्मेदवार परिवर्तन भएका हुन् ।

प्रदेश नम्बर १ खुलातर्फ देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य गुरु बराललाई एमालेले उम्मेदवार बनाएको हो । उनी मोरङका पूर्व सांसद पनि हुन् ।

यस्तै यसअघि गण्डकी प्रदेशको दलिततर्फका उम्मेदवार गोविन्द बहादुर नेपालीलाई उठाउने निणर्य भएकोमा अर्जुन कुमार सुनामलाई उठाउने निर्णय भएको उनले बताए ।

सूची हेर्नुहाेस्: यी हुन् एमालेबाट प्रतिस्पर्धा गर्ने राष्ट्रियसभाका उम्मेदवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर