प्राविधिक तर्फका २८ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित) – Nepal Press

प्राविधिक तर्फका २८ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले प्राविधिक तर्फ राजपत्रांंकित द्धितिय श्रेणीका २८ जना उपसचिवलाई राजपत्रांकित प्रथम श्रेणी सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । लोकसेवा आयोगका सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिका विभिन्न बैठकले जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताका आधारमा सबैभन्दा बढी नेपाल इन्जिनियरिङ सेवाततर्फका १८ जना, नेपाल कृषि सेवाका ७ जना, नेपाल वन सेवाका २ जना र नेपाल शिक्षक सेवाका एक जना गरेर २८ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत रहेको बढुवा समितिका अनुसार कार्यक्षमताको आधारमा २१ जना र जेष्ठता र कार्यसम्पादनका आधारमा ७ गरेर रिक्त २८ जना सहसचिवमा बढुवा हुनका लागि एक सय २१ जना प्रतिस्पार्धामा थिए ।

नेपाल इञ्जिनियरिङ सेवातर्फका उपसचिव धर्मकुमार न्याैपाने, भिलानन्द यादव, शैलेसकुमार झा, कोषनाथ अधिकारी, रबिन्द्र बोहोरा, फणिन्द्रविक्रम कार्की, उज्जवल प्रजापति, अशोक तिवारी, रुपक राजभण्डारी, कुमार थापा, शंकरप्रसाद पण्डित, शम्भु कार्की, रामेश्वर मरहट्टा, रामकिसुन गिरी, डा. कृष्णराज पाठक, नारायणप्रसाद भण्डारी, मचाकाजी महर्जन र प्रकिर्ण तुलाधर सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

यस्तै नेपाल कृषि सेवा तर्फका उपसचिव मेघनाथ तिमिल्सेना, राजेन्द्र कोइराला, बासुदेव रेग्मी, महेन्द्रनाथ पौडेल, डा.टंकप्रसाद प्रसाई, बसन्तबहादुर सिंह र जिवलाल लम्साल सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

नेपाल वन सेवातर्फका उपसचिव भने वेदकुमार ढकाल र उद्धवबहादुर घिमिरे सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

यस्तै नेपाल शिक्षक सेवा तर्फ भने उपसचिव शिवकुमार सापकाेटा सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिसमा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी गर्न सक्नेछन् । यदि कोहि कसैको उजुरी नपरेको खण्डमा २५ जना नै मन्त्रिपरिषद्को बैठकबाट सहसचिवमा बढुवा हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर