अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने मोहमद हफिजको घोषणा – Nepal Press

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने मोहमद हफिजको घोषणा

काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहमद हफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । हफिजले सन् २००३ मा जिक्बावेविरुद्धको एकदिवसीय खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

उनले अन्तिम अन्तर्राष्ट्रिय खेल अस्ट्रेलियाविरुद्ध टी-२० विश्वकपको सेमिफाइनलमा खेलेका थिए । गत नोभेम्बरमा उनको टोली पराजित भएको थियो ।

उनले सन् २०२० को टी-२० आफ्नो अन्तिम खेल हुने घोषणा गरेका थिए तर कोभिड–१९ का कारण प्रतियोगिता स्थगित भएपछि उनी टोलीमा लामो समय रहे । उनले ५५ टेस्ट, २ सय १८ एकदिवसीय र १ सय १९ टी–२० खेलर सबै फम्यार्टमा १२ हजार ७ सय ८० भन्दा बढी रन बनाएका छन् । र २ सय ५३ विकेट लिएका छन् ।

‘आज म गर्व र सन्तुष्टिका साथ अन्तिर्राष्ट्रिय क्रिकेटलाई अलविदा भन्छु,‘हफिजले भने,‘वास्तवमा मैले सुरुमा सोचेको भन्दा धेरै कमाएको र पुरा गरेको छु, त्यसका लागि मेरा सबै साथी क्रिकेटर, कप्तान, सहयोगी, पाकिस्तान क्रिकेट बोर्ड र मेरो करियरमा मलाई मद्दत गर्ने सम्पूर्णमा धन्यवाद दिन चाहान्छु ।’

सन् २०१२ मा पाकिस्तानलाई विश्व टी–२०मा सेमिफाइनलमा पुर्‍याएकाे हफिजले टी–२० विश्वकपमा सबैभन्दा धेरै खेलहरु खेलका छन् । सन् २०१४मा पाकिस्तान समुह चरणबाट बाहिरिएपछि उनले टोलीको नेतृत्व गरेका थिए । टी–२०मा कप्तानको रुपमा उनले पाकिस्तानलाई २९ खेलहरुमा १८ जित र ११ ११ खेलहरुमा जित दिलाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर