नेवानी र प्राधिकरणबीच विद्युतीय सामान ढुवानी सम्झौता, विद्युतका कर्मचारीलाई पनि छुट (भिडिओ) – Nepal Press

नेवानी र प्राधिकरणबीच विद्युतीय सामान ढुवानी सम्झौता, विद्युतका कर्मचारीलाई पनि छुट (भिडिओ)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले नेपाल एयरलाइन्सबाट विदेश यात्रा गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् ।

सोमबार मन्त्रालयमा भएको सम्झौतामा टिकट रकममा १५ प्रतिशत छुटसँगै नेवानीको गन्तव्य भएका देशबाट सामान ढुवानी गर्दा ५ देखि १० प्रतिशतसम्म छुट दिने उल्लेख छ । सम्झौतापत्रमा नेवानीका अध्यक्ष युवराज अधिकारी र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममापर्यटनमन्त्री प्रेम आले, सचिव महेश्वर न्यौपाने, एयरलाइन्सका वरिष्ठपाइलट विजय लामालगायत सहभागी थिए ।

मन्त्री आलेले प्राधिकरणसँगको सहकार्यले नेवानीलाई टेवा पुग्ने विश्वास जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *