माओवादी केन्द्रीय सदस्यको नामावली तयार, सूची लिएर हलमा छिरे प्रचण्ड – Nepal Press

माओवादी केन्द्रीय सदस्यको नामावली तयार, सूची लिएर हलमा छिरे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्वका लागि केन्द्रीय सदस्यको नामावली तयार पारिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नामको सूची बोकेर भर्खरै बन्दसत्र हलमा प्रवेश गरेका छन् । अध्यक्षमण्डलले तयार पारेको नामहरू लिएर प्रचण्ड हलमा छिरेका हुन् ।

माओवादीले केन्द्रीय सदस्यहरू चयनपछि त्यही भित्रबाट पदाधिकारी छनोट गर्नेछ । नेतृत्वको सूचीउपर कसैलाई चित्त नबुझे चुनाव लड्ने अधिकार सुरक्षित गरिएको माओवादीले जनाएको छ ।

यो पनि पढ्नुहोस् : माओवादीको निर्वाचन कार्यक्रम पुनः संशोधन, मतदान भोलि बिहान ८ बजेबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर