नेप्से ६०.४१ अंकले वृद्धि, आज कुन कम्पनीको कारोबारमा घटबढ भयो ? – Nepal Press

नेप्से ६०.४१ अंकले वृद्धि, आज कुन कम्पनीको कारोबारमा घटबढ भयो ?

काठमाडौं । साताको पहिलो दिन सेयर बजार ६०.४१ अंकले बढेको छ । आज ठूला कम्पनीको सेयर मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.२९ प्रतिशत, फ्लोट इण्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४६ प्रतिशत बढेको छ ।

२४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता सेयर किनबेच हुँदा आज ४ अर्ब १२ करोड ६९ लाख ८० हजार कारोबार भयो । गत बुधबार ३ अर्ब ६२ करोडको कारोबार भएको थियो । आज कारोबार रकममा पनि सुधार आएको हो ।

आइतबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको बाहेकका अन्य सबै उपसमूहका परिसूचकहरु बढेका छन् । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.०८ प्रतिशत बढेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक ३.५४ प्रतिशत, विकास बैंकको ३.४२ प्रतिशत लगानी २.१७ प्रतिशत, जीवन बीमा २.४२ प्रतिशत, लघुवित्त २.८८ प्रतिशत र अन्य उपसमूहको परिसूचक २.३ प्रतिशत, बैंकिङ १.९९ प्रतिशत, होटल तथा पर्यटन १.४ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक १.७ प्रतिशतले बढेको छ ।

आइतबार हिमालयन डिष्टिलरीको सेयरमूल्य सबै भन्दा धेरै ९.९९ प्रतिशत बढेको छ । त्यस्तै, मध्य भोटेकोशीको सेयरमूल्य ९.९७ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको ९.२९ प्रतिशत बढेको छ । तर, गोर्खाज फाइनान्सको सेयरमूल्य भने सर्वाधिक ५.१२ प्रतिशत घटेको छ ।

आज कारोबार रकमका आधारमा हिमालयन डिष्ट्रिलरीको ४४ करोड ९४ लाखको सेयर कारोबार भएर पहिलो शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा २९ करोड ७० लाखको कारोबार गरेर नबिल बैंक रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर