सशस्त्र प्रहरी जवानको परीक्षाका दुई नक्कली परीक्षार्थी पक्राउ – Nepal Press

सशस्त्र प्रहरी जवानको परीक्षाका दुई नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को जवान भर्नाका लागि लिइएको लिखित परीक्षामा सहभागी दुई नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ ।

शनिबार संचालन भएको परीक्षामा बागलुङको ढोरपाटन-६ का १८ वर्षीय निलकुमार अदै र धनकुटाको शहीदभूमी गाउँपालिका-५ का २७ वर्षीय सौहार्द राई नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको हो ।

अदैले सुनिल पुन मगर र राईले योगेन्द्र राईको नाममा परीक्षा दिएको सशस्त्र प्रहरी बलले जनाएको छ । एपीएफका अनुसार थम्ब रिडर बायोमेट्रिक डिभाइसबाट नक्कली परिक्षार्थीको पहिचान गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर