वीरेन्द्रनगरमा रातको समयमा मात्र विद्युत मर्मत गरिने – Nepal Press

वीरेन्द्रनगरमा रातको समयमा मात्र विद्युत मर्मत गरिने

सुर्खेत । नेपाल विद्युत प्राधिकरण सुर्खेतले अबदेखि रातको समयमा मात्र विद्युत मर्मत गर्ने भएको छ । दिनको समयमा विजुली काटेर मर्मत गर्न लागेकोमा आलोचना भएपछि नयाँ व्यवस्था सुरु गरिएको हो ।

प्राधिकरण कार्यालयले सामाजिक सन्जालमार्फत सूचना जारी गर्दै भनेको छ, ‘लाइन सुधार तथा मर्मत कार्य रातको समयमा गर्ने कार्यको थालनी भएको छ। यसले ग्राहक वर्गको असन्तुष्टीमा कमी आउने आशा लिएका छौं।’

प्राधिकरणको निर्णयको सराहना गर्दै चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले यो व्यवस्थाले निरन्तरता पाउनेमा शंका व्यक्त गरे ।

‘दिनभर बत्ती काटेर सास्ती दिने काम बन्द गर्दा र रातीको समयमा काम गरेको खण्डमा सेवाग्राही लाई पनि सन्तोष मिल्ने देखिन्छ । यसबाट प्राधिकरणको शाख बढ्नेछ,’अध्यक्ष शर्मा भन्छन, ‘तर एकाध दिनका लागि नभइ सधैंका लागि हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *