सीडीओसँग अनेरास्ववियुको माग- विद्यार्थीबाट जथाभावी शुल्क असुल्ने केएमसीलाई कारबाही गरियोस् – Nepal Press

सीडीओसँग अनेरास्ववियुको माग- विद्यार्थीबाट जथाभावी शुल्क असुल्ने केएमसीलाई कारबाही गरियोस्

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले निजी क्षेत्रबाट संचालित मेडिकल कलेजहरूले विद्यार्थीहरूबाट विभिन्न बहानामा अतिरिक्त शुल्क लिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराललगायतको टोलीले निर्वाधरूपमा पढ्न पाउँने वातारवरण सिर्जना गरी विद्यार्थीहरूको उज्जवल शैक्षिक भविष्यको सुनिश्चित गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो ।

काठमाडौं मेडिकल कलेज सिनामंगलले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नतिरेको भन्दै विद्यार्थीहरुलाई कक्षाबाट निकालेर पठनपाठन बन्द गरेको थियो । अनेरास्ववियुले गैरकानूनी रुपमा सरकारले तोकेभन्दा बढी शुल्क असुलेर विद्यार्थीहरुलाई विभिन्न मानसिक दबाब दिने कलेजहरूको भर्त्सना गरेको छ ।

आयोगबाट निर्धारण भएको भन्दा बिनाशीर्षक लाखौँ रुपैयाँ अतिरिक्त शुल्क बुझाएपछि मात्र पठनपाठन सुरू गर्ने भनी काठमाडौं मेडिकल कलेजले धम्की दिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको छ ।

‘चिकित्सा शिक्षा ऐनमा तोकेभन्दा बढी शुल्क लिए वा आयोगको निर्देशन उल्लंघन गरे कलेजलाई सम्बन्धन खारेजीको कारबाही गर्न सकिने व्यवस्था भएता पनि चिकित्सा शिक्षा आयोग र अन्य सरकारी निकायहरू मुकदर्शक भइ शैक्षिक शिक्षा आयोग र अन्य सरकारी निकायहरू मुकदर्शक भइ शैक्षिक दलाल र माफियाहरुको नै पक्षपोषण गरिरहँदा सरकार र सरकारी निकायहरुले नै यस्ता कलेजहरुलाई संरक्षण गरेको हामीले अनुभूति गरेका छौं ’, ध्यानाकर्षणमा भनिएको छ ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि अध्ययन अवधिभरको भर्ना, शिक्षण, ल्याब, पुस्तकालय सामुदायिक तालिम वा परीक्षा शुल्क, विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोष्टि, फिल्ड भिजिट, ईन्टर्नसीप शुल्क, आवेदन शुल्क, सम्बन्धन शुल्क एवम् विद्यार्थीहरुलाई पढाई पूरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्क समेत समावेश गरी शुल्क निर्धारण गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *