माओवादी बन्दसत्रमा ‘प्रचण्ड मुड’ (तस्बिरहरू) – Nepal Press

माओवादी बन्दसत्रमा ‘प्रचण्ड मुड’ (तस्बिरहरू)

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको पाँचौ दिन तथा बन्द सत्रको चौथो दिनको कार्यक्रम विहीबार बिहानबाट सुरू भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष कृष्णबहादुर महराको निर्देशनमा अध्यक्ष मण्डलकी सदस्य पूर्णाकुमारी सुवेदीले बन्द सत्र सञ्चालन गरिरहेकी छिन्।

महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी समिति सदस्य देव गुरुङले पेस गरेको विधानमाथि समूहगत छलफलको निष्कर्षहरू प्रस्तुत गर्ने कार्यक्रमअन्तर्गत अहिलेसम्म पाँचवटा समूहका प्रमुखहरुले प्रस्तुति राखेका छन् ।

समूहगत छलफलको निष्कर्ष प्रचण्ड स्वयं बन्दसत्रमा उपस्थित भएर सुनिरहेका छन् । उनले आफ्नो प्रतिवेदनमाथि आएका सुझावलाई डायरीमा टिपोट गरिरहेका छन् । समूहगत निष्कर्षको रिपोर्टिङ सकिएपछि प्रचण्डले जवाफ दिनेछन् ।

आजको बन्द सत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारी, सल्लाहकारहरूको समूह ‘क’ को तर्फबाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशको तर्फबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख जगत सिंखडा र समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामीले आफ्नो समूहको प्रस्तुति राखेका छन् । अब ९ वटा समूहको प्रस्तुति बाँकी छ।

आजै प्रतिवेदन पारित गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर