वसन्तपुरमा तमु ल्होसारको रमझम (तस्बिरहरू) – Nepal Press

वसन्तपुरमा तमु ल्होसारको रमझम (तस्बिरहरू)

काठमाडौं । नयाँ वर्षलाई स्वागत गरेर गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यस पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

तस्बिरमा हेर्नुस् ल्होसारको अवसरमा काठमाडौंको वसन्तपुरमा परम्परागत भेषभुषामा सजिएका तामाङ समुदाय:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर