अदालतको फैसला : बेलायती ट्याब्लोइडले मेगन मर्केललाई १.७ मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने – Nepal Press

अदालतको फैसला : बेलायती ट्याब्लोइडले मेगन मर्केललाई १.७ मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने

लन्डन । गोपनियता उल्लंघन गरेको आरोपमा दोषी प्रमाणित भएपछि दुई बेलायती अखबार द मेल र मेल अनलाइनले राजकुमारी मेगन मर्केललाई १.७ मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

केही वर्षदेखि अदालतमा चल्दै आएको मुद्दालाई मेगनले जितेकी हुन् । ती दुई अखबारले लामो आलेख लेख्दै माफी समेत मागेका छन् । सन् २०१९ मा मेगनको प्राइभेसी भंग गरेको भन्दै ती अखबारविरुद्ध मुद्दा दायर गरिएको थियो ।

सन् २०१८ मा बिहेपछि प्रिन्स ह्यारी र मेगनले उनका बुवा थोमस मर्केललाई लेखेको पाँच पृष्ठको पत्रलाई ती अखबारले प्रकाशन गरेका थिए । ती अखबारले फ्रन्टफेजको सूचनामा कपिराइट उल्लंघनको कानूनी मामला जितेको उल्लेख छ ।

लन्डन उच्च अदालतले आइतबार गरेको फैसलामा ती दुई अखबारलाई जरिवानाको सजाय सुनाउँदै माफी माग्न समेत भनेको थियो । साथै अदालतले उनीहरुको कानूनी जिम्मेबारी समेत सचेत गराएको छ । साथै, ती अखबारहरुले क्षतिपूर्तिबाहेक मेगनले प्रकाशकसँग मुद्दा लड्न चाहिएको कानूनी शूल्कको ९० प्रतिशत शुल्क तिर्न समेत भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर