एनआरएनएको विवाद मिलाउने निर्णय : पदाधिकारीहरु काठमाडौंमा भेला हुँदै – Nepal Press

एनआरएनएको विवाद मिलाउने निर्णय : पदाधिकारीहरु काठमाडौंमा भेला हुँदै

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाविधेशन प्रतिनिधि विवाद टुंगिएको छ । संघका सचिव गौरीराज जोशीकाअनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्याउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो ।

जोशीका अनुसार महाधिवेशन प्रतिनिधि विवादको टुंगो लाग्ने सम्भावना छ । संघका अध्यक्ष कुमार पन्तले गठन गरेको सो समितिमा सर्वसम्मतले महाधिवेशन प्रतिनिधि मिलाएर चुनावमा जाने सहमति भएको जानकारी जोशीले दिए ।

यसअघि संघले सल्लाहकारद्वय विश्वआर्दश पण्डित र डा। यादव पण्डितसहित नारायण थापा र गौरीराज जोशी रहेको सदस्सीय समिति गठन गरेको थियो । जोशीका अनुसार पछिल्लो सहमतिको बारेमा अध्यक्षका प्रत्यासीबीच छलफल गरेर निर्वाचनको वातावरण बनाउने तयारी संघले गरेको छ ।

संघको नेतृत्वको लागि उपाध्यक्षद्वय बद्री केसी र रविना थापा तथा कुल आचार्यले दाबी गरेका छन् । संघका महासचिव हेमराज शर्माले संघको १०औँ महाधिवेशन र निर्वाचनको मिति छिट्टै सहमतिमा तय गरिने जानकारी दिए ।

शर्माले भने, ‘निर्वाचनसम्बन्धी विवाद टुंग्याउन विभिन्न चरणमा छलफल भएका छन् सबै पक्षसँगको सहमतिलाई आधारमा अघि बढ्छ ।’

चार महिनादेखिको विवादको अन्त्य गर्न संघका पदाधिकारी काठमाडौंमा भेला हुने भएका छन् । संघका अध्यक्ष कुमार पन्त, संरक्षक जीवा लामिछाने, प्रवक्ता डिबी क्षेत्री, कोषाध्यक्ष महेश श्रेष्ठ, सहकोषाध्यक्ष लोक दाहाल काठमाडौं आइपुगेका छन् भने अध्यक्षका प्रत्यासी वद्री केसी र संघका महासचिव हेमराज शर्मा यसैसाता काठमाडौं पुग्ने तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर