सन नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपीआईमा – Nepal Press

सन नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपीआईमा

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्सबीच एनपीआईमा आबद्ध हुने सम्झौता भएको छ ।

सम्झौता पत्रमा सन नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौतासँगै सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेसँग जोडी उपलब्ध विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा खर्चको कारोबारहरू स्वचालित रूपमा गर्न सक्नेछन् ।

उक्त प्रणालीमार्फत सन नेपाल लाइफले आफ्नो बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब र भेण्डर भुक्तानीलगायत कारोबार आबद्ध बैंक खाताहरूबाट सोझै गर्न सक्नेछ ।

८ जीवन बीमा कम्पनीहरू यसअघि नै एनपीआईमा आबद्ध छन् । भने ३० भन्दा बढी जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीका बीमितहरूले आफ्नो बीमा प्रिमियम कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर