रोटरी क्लबको पोलियो अभियानमा ३२ लाख संकलन – Nepal Press

रोटरी क्लबको पोलियो अभियानमा ३२ लाख संकलन

चितवन । रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ ले पोलियो अभियान सहयोग कार्यक्रममा ३२ लाख २३ हजार रुपैयाँ आर्थिक संकलन गरेको छ । कार्यक्रममा नारायणी कला मन्दिरका कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

सो अवसरमा सहभागी रोटरियनहरुले पोलियो मुक्त अभियानका लागि स्वतस्फूर्त आर्थिक सहयोग गरेका हुन ।

विश्वबाट पोलियो उन्मुलनको लागि रोटरी क्लबहरुले अन्तर्राष्ट्रिय स्तरमा अभियान सञ्चालन गर्दै आएका छन् । रिजन ६ का पोलियो चेयर विपिन पोख्रेलको संयोजकत्वमा यस क्षेत्रका १४ वटा क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रम संयोजक पोख्रेलले २० हजार डलर आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखिएकामा २६ हजार ४ सय २६ अमेरीकी डलर अर्थात ३२ लाख रुपैयाँभन्दा बढी संकलन भएको जानकारी दिए ।

सन् १९८२ बाट रोटरियनहरुले पोलियो उन्मुलनका लागि काम गरिरहेको रिजन ६ का ट्रेनिङ कमिटि चेयर निरञ्जन प्रधानले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *