गण्डकी रक क्लाइम्बिङ : च्याम्पियन बने दिपेन र पञ्च – Nepal Press

गण्डकी रक क्लाइम्बिङ : च्याम्पियन बने दिपेन र पञ्च

काठमाडौं । तनहुँको विमलनगरमा सम्पन्न पहिलो रक क्लाइम्बिङ प्रतियोगितामा पुरुष तर्फ दिपेश गुरुङ र महिला तर्फ पञ्चमाया तामाङ च्याम्पियन बनेका छन् ।

शुक्रबार देखि सुरु भएको प्रतियोगितामा एक सय जनाको प्रतिस्पर्धा रहेकोमा उनीहरुलाई गुरुङ र तामाङ च्याम्पियन बनेका हुन् ।

पुरुष तर्फ सुलभ राई दोस्रो र तेन्जिङ राई तेस्रो भएका छन् भने महिला तर्फ रुषा प्रधान दोस्रो र जापानका खेलाडी सेवा सुजिता तेस्रो भएकी छन् ।

विजेता प्रथम, द्धितिय र तृतियलाई क्रमसः ५०, २० र १० हजार नगदसहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको आयोजक गण्डकी अल्पाइन क्लवले जनाएको छ ।

पहिलो पटक तनहुँको बन्दीपुर गाउँपालिकाको विमलनगरमा गण्डकी प्रदेशस्तरीय रक क्लाइम्बिङ फेस्टिबलको आयोजना भएको थियो ।

फेस्टिवलमा रक क्लाइम्विङ प्रतियोगिता, रक क्लाइम्विङ कार्यशाखा गोष्ठी र सहासिक खेलबाट पर्यटन प्रवर्द्धन गर्ने बारे छलफल भएको थियो ।

नेपालकै उत्कृष्ट मध्येमा पर्ने विमलनगरको चुन पहराको अन्तरर्राष्ट्रिय जगतसम्म थप प्रवर्द्धन गर्न फेस्टिबलले सहयोग गरेको आयोजक गण्डकी अल्पाइन क्लवका अध्यक्ष नरेन शाहीले बताए ।

प्रतियोगितामा माउन्टेन गाइड नरेन्द्र शाही, अनुप गुरुङ, सुमन गुरुङ, विनायक जय मल्ल र पिम्वा तेन्जिङ लामा भोटेले निर्णयकको भूमिका निर्वाह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर