प्रज्ञा भवन पुगे देउवा, को-को छन् अतिथि ? (तस्बिरहरू) – Nepal Press
माओवादी महाधिवेशन

प्रज्ञा भवन पुगे देउवा, को-को छन् अतिथि ? (तस्बिरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सुरू भएको छ । महाधिवेशनमा शुभकामना दिन विभिन्न दलका नेताहरु प्रज्ञा भवन पुगेका छन् ।

पूर्वनिर्धारित राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको माओवादी केन्द्रले उद्घाटन समारोहमा ११ दललाई निम्तो दिएको थियो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइपुगेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा महामन्त्री कुन्ती शाहीलगायत उपस्थित छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा सहभागी छैनन् । पार्टी कामले झापा पुगेका ओलीलाई आज बिहान प्रचण्डले टेलिफोनमार्फत महाधिवेशनको निम्तो दिएका थिए ।

एमाले महासचिव शंकर पोखरेल पार्टीबाट प्रतिनिधित्व गर्दै उद्घाटन समारोहमा पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर