नेकपा माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशन (लाईभ) – Nepal Press

नेकपा माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशन (लाईभ)

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा महाधिवेशनको उद्घाटन समारोह जारी छ ।

५ दिनसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट करिब १६०० प्रतिनिधि सहभागी छन् । यो महाधिवेशनले माओवादीको नयाँ नेतृत्व चयन गर्नेछ ।

उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेता उपस्थित छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने झापामा रहेका कारण उनी सहभागी छैनन् । माओवादी अध्यक्ष प्रचण्डले बिहान ओलीलाई टेलिफोन गरी महाधिवेशनको निम्तो दिएका थिए ।

राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको माओवादी हिजो साँझ कार्यक्रमलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर