एमाले बाँकेको अध्यक्षमा डिल्ली बिसीको दाबी – Nepal Press

एमाले बाँकेको अध्यक्षमा डिल्ली बिसीको दाबी

बाँके । नेकपा एमाले बाँकेको अधिवेशन नजिकिदै गर्दा नेतृत्वमा दावी गर्नेहरु बढ्न थालेका छन् । कम्युनिष्ट आन्दोलनको उर्बरभूमि मानिने बाँकेको अध्यक्षमा डिल्ली बिसीले दाबी गरेका छन् ।

एमालेले पुस २३ गते देशव्यापी रुपमा जिल्ला अधिवेशन गर्दै छ । बिसी ०४७ सालमा तत्कालिन मालेको टोल कमिटी सदस्य भएर कम्युनिष्ट आन्दोलनमा लागेका थिए ।

सल्यानबाट विस्थापित भएपछि काठमाडौँ पुगेका डिल्ली २०५७ सालमा नेकपा एमाले सल्यान काठमाडौ सम्पर्क मञ्चको सचिव भएर काम गरेका थिए । त्यसपछि उनी एमाले राजनीतिमा सक्रिय भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर