उद्घाटन सुरू हुन २ घण्टा बाँकी छँदा मञ्च बनाउने चटारो (तस्बिर/भिडिओ) – Nepal Press
माओवादी महाधिवेशन

उद्घाटन सुरू हुन २ घण्टा बाँकी छँदा मञ्च बनाउने चटारो (तस्बिर/भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजका लागि पूर्वनिर्धारित राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा बदलेपछि व्यवस्थापनमा नेता/कार्यकर्तालाई भ्याइनभ्याइ परेको छ ।

कार्यक्रमको तयारी, प्रतिवेदन, आवश्यक कागजात र मञ्च व्यवस्थापनमा सबै व्यस्त छन् । महाधिवेशनस्थल प्रज्ञा भवनबाहिर स्वागतद्वार र मञ्चमा ब्यानर फेर्न स्वयंसेवकलाई चटारो छ ।

महाधिवेशनको उद्घाटन समारोह ३ बजे तय गरिएको छ ।

वडादेखि प्रदेशसम्म अधिवेशनको सबै तयारी पूरा भएर प्रतिनिधि आइसकेकाले माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर