माओवादी महाधिवेशन : ओलीबाहेकका सबै शीर्ष नेता आउने – Nepal Press

माओवादी महाधिवेशन : ओलीबाहेकका सबै शीर्ष नेता आउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरू आउने भएका छन् ।

माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले ११ दललाई निमन्त्रण पठाइएको र प्रायः सबै आउने भएका छन् । समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली भने नआउने भएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलिफोन गरेर ओलीलाई आउन आग्रह गरेका थिए । पार्टीका विभिन्न कार्यक्रमको सिलसिलामा हिजो नै गृहजिल्ला झापा पुगेका ओलीले कार्यवस्थताले आफू आउन नसक्ने जवाफ दिएका थिए। उनले सकभर आफू आउने र आउन नभ्याए महासचिवलाई पठाउने जानकारी दिएको ढकालले जानकारी दिए।

उनका अनुसार महाविधेशनमा शुभकामना दिन देउवाका अलवा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, माले महासविच सिपी मैनालीलगायत आउने छन् ।

महाधिवशेनमा नेकपामा महासचिव नेत्रविक्रम चन्दलाई पनि निमन्त्रणा दिइएको तरर आउने/नआउने निश्चित नभएको ढकालले बताए ।

माओवादीको ८ औं महाधिवेशनको उद्घाटन दिउँसो तीन बजे प्रज्ञा भवनमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर