जिल्ला र प्रदेश अधिवेशनमा एमालेको मापदण्ड- सकेसम्म सर्वसम्मत, नत्र निर्वाचनबाट नयाँ नेतृत्व – Nepal Press

जिल्ला र प्रदेश अधिवेशनमा एमालेको मापदण्ड- सकेसम्म सर्वसम्मत, नत्र निर्वाचनबाट नयाँ नेतृत्व

काठमाडौं । नेकपा एमालेले प्रदेश र जिल्ला अधिवेशनहरूमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन दिएको छ । सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विविध अवलम्बन गर्न एमालेले मातहत कमिटीहरूलाई खुला छाडेको छ ।

पुस २३ गते हुने जिल्ला अधिवेशन तथा माघ ८ मा हुने प्रदेश अधिवेशका लागि केन्द्रीय कार्यालयको तर्फबाट पठाइएको लिखित मापदण्ड अनुसार निर्वाचनको प्रक्रियामा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशन अवलम्बन गर्न भनिएको छ ।

जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ । मौसमका कारण कतिपय हिमाली जिल्लामा अधिवेशन गर्न सअम्भव भएमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर