झापामा रहेका ओलीलाई प्रचण्डले गरे टेलिफोनबाटै निम्ता – Nepal Press

झापामा रहेका ओलीलाई प्रचण्डले गरे टेलिफोनबाटै निम्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर पार्टीको आठौं महाधिवेशन उद्घाटन समारोहमा आएर शुभकामना दिन आग्रह गरेका छन् ।

तर पार्टीका विभिन्न कार्यक्रमको सिलसिलामा गृहजिल्ला झापा पुगेका ओलीले आफू आउन नसक्ने जवाफ प्रचण्डलाई दिएका छन् ।

माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गर्दा ओली झापा पुगिसकेका थिए ।

ओलीले प्रचण्डलाई महाधिवेशनको शुभकामना दिँदै आफू आउन नसक्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

नेकपा विभाजनपछि दुई पटक केपी ओलीले टेलिफोन गरे पनि प्रचण्डले ओलीलाई सम्पर्क गरेको यो पहिलो पटक हो । एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले माओवादी महाधिवेशनलाई शुभकामना दिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर