सुनिलको गोल निर्णायक बन्दा मछिन्द्रको एएफसी छनोट बलियो – Nepal Press

सुनिलको गोल निर्णायक बन्दा मछिन्द्रको एएफसी छनोट बलियो

काठमाडौं । सुनिल बलले अन्तिम समयमा गरेको फ्री किक गोलसंगै मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै एएफसी कपमा छनोटको सम्भावना बलियो बनाएको छ ।

शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा इन्जुरी समयमा सुनिलको निर्णायक गोलसंगै मछिन्द्रले महत्त्वपूर्ण ३ अंक जोडेको हो ।

पहिलाे हाफमा मछिन्द्रमाथि दवाव सृजना गरेकाे मनाङका लागि खेलसुरू भएकाे तीन मिनेट नबित्तै कप्तान अन्जन बिष्टकाे क्रसमा एडेलाजा साेमिडेले पेनाल्टी एरियाबाट गरेकाे प्रहार फ्रेममा परेन ।

अन्जानलेनै १५औं पेनाल्टी एरियाकाे एजबाट गरेकाे प्रहार गाेल पाेष्ट नजिकैबाट बाहिरिएकाे थियाे ।

यस्तै, मछिन्द्रका लागि २५औं मिनेटमा मिडफिल्डर विशाल राईले फ्रिकिक मार्फत दिएकाे क्रसमा एन्द्रेस नियाले गरेकाे प्रहार गाेल पाेष्टकाे बायाँ तर्फबाट बाहिरिएकाे थियाे ।

मछिन्द्रका फरवार्ड सुनिल बलकाे क्रसमा ३९औं मिनेटमा नुर्लान नाेब्रुजाेबकाे प्रहार फ्रेममा परेन ।

दाेस्राे हाफमा आक्रमक रूपमा प्रस्तुत भएकाे मछिन्द्रले ५७औं मिनेटमा गाेल गर्ने सुन्दर माैका खेर फालेकाे थियाे । फरवार्ड मनिस डाँगीकाे क्रसमा विशाल राईले हेडरमार्फत गरेकाे प्रहार बाहिरिएकाे थियाे ।

जितसगै मछिन्द्र ६ खेलबाट १४ अंक बनाउदै शीर्ष स्थानमा उक्लिएको छ । यता, पहिलो हार ब्यहोरेको मनाङको समान खेलबाट १३ अंक छ । र दोस्रो स्थानमा छ ।

अब मनाङले सातौं चरणमा ब्रीगेड ब्वाइज क्लब र मछिन्द्रले नेपाल पुलिस क्लबसंग खेल्नेछ ।

सातौ चरणमा शीर्ष स्थानमा रहने टोली एएफसी कपका लागि छनोट हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर