कपिलबस्तु क्याम्पसमा टिकटक बनाउन प्रतिबन्ध, बनाए मोबाइल खोसिने – Nepal Press

कपिलबस्तु क्याम्पसमा टिकटक बनाउन प्रतिबन्ध, बनाए मोबाइल खोसिने

रूपन्देही । क्याम्पसमा टिकटक बनाएर विद्यार्थीले अध्ययनमा ध्यान नदिएको गुनासो बढेपछि कपिलवस्तुको सदरमुकाममा रहेको कपिलवस्तु बहुमुखी क्यामपसमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ ।

विद्यार्थीहरुले क्याम्पसभित्र धेरै टिकटक बनाउने गरेको भन्दै क्याम्पसले यस्तो निर्णय गरेको जनाएको छ ।

क्याम्पसले जारी गरेको सूचनामा केही विद्यार्थीहरुले स्मार्ट मोबाइलको प्रयोग गरी क्याम्पस परिसरभित्र टिकटक बनाएको भन्ने गुनासो आएकाले अब उपरान्त क्याम्पसको संरचना आउने गरी क्याम्पस पोशाकमा टिकटक भिडियो बनाउन रोक लगाइएको उल्लेख छ । यदि सो कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिको मोबाइल नियन्त्रणमा लिइ आचार संहिताअनुसार कारवाही हुने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *